गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रमले कृषि क्षेत्रको दीगो विकासको लागि कृषकहरुको पहिचान सहित वर्गीकरण गरी कृषकको आय र प्रतिफलका आधारमा विशेष लक्षित कार्यक्रम सञ्चालन गर्ने साथै निश्चित मापदण्ड माथिको कृषि आयमा आयकर लागू गर्ने विषयलाई प्राथमिकता साथ जोड दिएको छ । यसर्थ प्रदेश सरकारबाट सञ्चालन हुने कृषि तथा पशुपन्छी विकास सम्बन्धि कार्यक्रमहरु कृषि पेशाबाट हुने आम्दानी तथा प्रतिफलमा आधारित कृषक वर्गीकरणमा आधारमा सञ्चालन भएमा कृषिको दीगो विकास हुने साथै सरकारी श्रोत साधनको न्यायोचित र प्रभावकारी वितरण समेत हुने देखिन्छ । कृषकको पहिचान, वर्गीकरण र अभिलेखीकरणको माध्यमबाट वास्तविक कृषक लाभान्वित हुने सुनिश्चितता कायम राख्न तथा कृषि विकासका कार्यक्रम सञ्चालन प्रक्रियालाई सहज, व्यवस्थित र प्रभावकारी बनाउन आवश्यक भएकोले गण्डकी प्रदेश, भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट यो कार्यविधि जारी गरिएको छ ।

Software Guidelines

Guidelines for operating Farmer Management System, Gandaki Province PDF icon Download